भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला

admin

भक्तपुर, ३ पुस : भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६ पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइपभित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।

बन्दुक कसले कुन प्रयोजनका लागि ल्याएर लुकाएको भन्नेबारे प्र ह रीले अनुसन्धान गरिरहेको महानगरिय प्र ह री परिसर भक्तपुरले जनाएको छ ।

भरुवा बन्दुकबारे स्थानीयवासीले खबर गरेपछि प्र ह री पुगेर अनुसन्धान थालेको परिसरका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया