लडेर वडा सदस्यको मृ त्यु

admin

 

रुकुम(पूर्व), ३ पुस : सिस्ने गाउँपालिका–२ का वडा सदस्य धनबहादुर पुनको मृ त्यु भएको छ ।

छिपखोलास्थित घरबाट रुकुमकोट आउँदै गर्दा वडा नं ४ को फारुलाको बाटोमा लडेका ४४ वर्षीय पुनको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमै मृ त्यु भएको हो ।

बिहीबार बिहान कामको शिलशिलामा गाउँपालिकाको केन्द्र रुकुमकोट आउने क्रममा लडेका पुनको थप उपचारका लागि नेपालगञ्ज लैजादैँ गर्दा शुक्रबार त्रिवेणी गाउँपालिकाको झुल्नेटामा मृ त्यु भएको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल रुकुमकोटमा सामान्य उपचारपछि पुनलाई थप उपचारका लागि नेपालगञ्ज लैजान लागिएको थियो ।

मृ त क पुनको शुक्रबारैै छिपतरास्थित सानीभेरी नदी किनारमा अ न्त्ये ष्टि गरिएको छ । मृ त क पुनका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया