आजै सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्दै

admin

काठमाडौं, ४ पुस : (आज) आइतबार सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक अघि सत्तारुढ गठबन्धनको बैठक दिउँसो २ बजे बस्ने छ ।

राष्ट्रिय मुद्दामा साझा धारणा बनाउनका लागि सर्वदलीय बैठक अघि सत्तारुढ दलको बैठक बस्न लागेको हो । उक्त बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालमा दुर्गा पौडेल सहभागी हुनेछन् ।

लामोसमयदेखि संसद् अवरोध हुँदा दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्नका लागि आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

तर, प्रतिपक्षी दल एमालेले बैठकमा नजाने बताएको छ । एमालेले कारबाही गरेका व्यक्ति समेटेर दर्ता भएको दल नेकपा एकीकृत समाजवादी सहभागी हुने बैठकमा एमाले सहभागी नहुने जनाएको छ ।

प्रतिक्रिया