थप एक सय ८१ जनामा संक्रमण पुष्टि, खोप लगाउनेको संख्या एक करोड २० लाख ३१ हजार नाघ्यो

admin

काठमाडौं, ४ पुस : (आज) आइतबार एक सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार आठ सय ७२ जनाको नमुना परीक्षण गर्दा एक दशमलव ८३ प्रतिशत अर्थात एक सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय ८९ जना संक्रमित निको भएका छन् । यही अवधिमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार दुई सय ७१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक करोड २० लाख नाघेको छ । बितेको २४ घण्टामा ९७ हजार २६ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कम्तीमा एक मात्रा खोप लगाउनेको संख्या एक करोड २० लाख ३१ हजार एक सय आठ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी मध्ये ९६ लाख २३ हजार एक जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया