कांग्रेसमा खुल्ला केन्द्रीय सदस्य जित्ने यी हुन् ३५ जना (परिणामसहित)

admin

काठमाडौं, ४ पुस : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार डा. शशांक कोइरालासहित ३५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै टिममा परेका शशांकले सर्वाधिक ३८३६ मत प्राप्त गरेका छन्।

यस्तै २९३७ मत प्राप्त गरी एनपी साउद दाेस्राे, बालकृष्ण खाँण २८७९ मत प्राप्त गरी तेस्राे,२८४३ मत प्राप्त गरी उदयशमशेर राणा चाैथाे भएका छन्।

यस्तै रामहरि खतिवडा २८३२, ज्ञानेन्द्र बहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८ जिपछिरिङ लामा २७०२ र अर्जुननरसिंह केसीले २६५० मत प्राप्त गरी टप १० भित्र परेका छन्।

शनिबार बिहान ११ बजेदेखि जारी मतगणना भर्खरै सकिएको हो। खुला तर्फको मतगणना सकिएलगत्तै महिला खुला तथा केन्द्रीय सदस्य मधेशी खुलाका लागि भएको मतदानको गणना सुरु भएको छ।

सदस्यमा यसअघि २ नम्बर प्रदेशबाट तीन र पिछडिएको क्षेत्रबाट चार गरी चार जनाको मात्रै मत परिणाम आएको थियो। सभापतिमा देउवासहित १३ पदाधिकारीको पनि अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

यस्ताे छ जित्नेकाे मत परिणाम

 

प्रतिक्रिया