महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

admin

काठमाडौं, ५ पुस : नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली (आज) सोमबार बङ्गलादेश गएको छ । बङ्गलादेशको ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन सोमबार बिहान १० बजे त्यसतर्फ गएको नेपाल भलिबल सङ्घले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया