आज त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह

admin

काठमाडौं, ५ पुस : त्रिभुवन विश्वविद्यालयले (आज) सोमबार ४७औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नेछन् ।

दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी सोमबार दीक्षित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

स्नातक तहका विद्यार्थीलाई भने परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र मात्रै उपलब्ध गराइनेछ । उनीहरुले चाहेमा गाउन तथा स्कार्फ भने उपलब्ध गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

प्रतिक्रिया