क्यान र खेलाडीबीच भइरहेको विवादमा सिप्यानको ध्यानाकर्षण

admin

काठमाडौं, ५ पुस : नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ । सिप्यानले (आज) सोमबार एक विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।

उक्त विज्ञप्तिमा खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्‍याएको उल्लेख गरिएको छ । ‘खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो उनीहरुमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ’– विज्ञप्तिमा भनिएको छ ।

वर्गीकरण जस्तो महत्त्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकर अवलम्बन गर्दै त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउन पनि सिप्यानले आग्रह गरेको छ ।

प्रतिक्रिया