आज दुई सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ पुस : (आज) सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । (हिजो) आइतबार चार सय रुपैयाँले घटेको सुनको मुल्य सोमबार दुई सय रुपैयाँले बढेको हो । सोमबार तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी आइतबार जस्तै सोमबार पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया