त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गरिन्छ, दीक्षित विद्यार्थीले ज्ञान-सीपलाई उत्पादनसँग जोड्नुपर्छ : मन्त्री पौडेल

admin

काठमाडौं, ५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन् । (आज) सोमबार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन् ।

उनले दीक्षित विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्ने बताए । मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यक्तासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको पनि बताए ।

उनले अनुसन्धानात्मक संस्थाहरुलाई अझ बढी प्रभावकारी बनाउनु पर्ने महशुस आफूले गरेको बताउँदै त्रिभुवन विश्वविद्यालयले विदेशमा बिक्ने शिक्षा नेपालमै प्रदान गरेर उच्च शिक्षा अध्ययनको व्यवस्था स्वदेशमै मिलाउनु पर्ने बताए ।

मन्त्री पौडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धतासमेत जनाए । उनले विदेशिन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभुवन विश्वविद्यालयले निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया