थप दुई सय २० जनामा संक्रमण पुष्टि, पूर्ण मात्रा खोप लगाउनेको संख्या ९६ लाख ४६ हजार नाघ्यो

admin

काठमाडौं, ५ पुस : (आज) सोमबार दुई सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ४१ जनाको नमुना परीक्षण गर्दा दुई सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय ६३ जना संक्रमित निको भएका छन् । यही अवधिमा एक जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा पाँच हजार दुई सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा ८६ हजार पाँच सय ९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ९६ लाख ४६ हजार सात सय २० पुगेको छ । एक करोड २० लाख ९३ हजार नौ सय ८२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले ५७ जिल्लामा १२ वर्षमाथिका र देशभर १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउने काम भइरहेकोले पायक परेको ठाउँमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया