चितवनको बाँदरझुलाबासीद्वारा लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन

admin

काठमाडौं, ५ पुस : चितवनको बाँदरझुलाका बासिन्दाहरुले लालपूर्जाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आफूहरु लामो समयदेखि बसोबास गर्दै आएकै क्षेत्रमा भूमिहीन रहेको र राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले आइतबार काठमाडौँको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

चितवनबाटै पटक पटक राज्यको ध्यानाकर्षण गराउदा पनि सुनुवाई नभएपछि बाध्य भएर काठमाडौं आएर प्रदर्शन गर्नुपरेको बाँदरझुला संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनका सहभागीहरुले आफूहरुले खनजोत गर्दै आएको जमिनको पूर्जा तत्काल दिइनु पर्ने माग गरेका छन् ।

चितवनबाट प्रतिनिधित्व गर्ने बिभिन्न राजनीतिक दलका नेताहरु राज्यको उच्च तहमा पुग्दा पनि बाँदरझुलाका जनता भने लालपूर्जा बिहीन हुनु दुखद भएको बाँदरझुलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।

अहिले आफुहरु केहि प्रतिनिधि रुपमा मात्रै काठमाडौं आएको भन्दै आफुहरुको माग पुरा नभए बाँदरझुलाका सम्पूर्ण पीडितहरु काठमाडौं आई बिरोध प्रदर्शन गर्ने उनीहरुको भनाई छ । आफुहरुसंग लालपूर्जा नहुँदा राष्ट्रिय निकुञ्जबाट सास्ती बेहोर्नुपरेको गुनासो उनीहरुको छ ।

प्रतिक्रिया