आज ८ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ पुस : केही दिनयता लगातार बढेको सुनको मूल्य मंगलबार भने एकैदिन ८ सय रुपैयाँले सस्तिएको छ । (हिजो) सोमबारको मूल्यमा ८ सय रुपैयाँले घट्दै मंगलबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार यता तेजाबी सुनको मूल्य समेत ८ सय रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यसैगरी मंगलबार चाँदीको पनि मूल्य घटेको छ । चाँदी मंगलबार तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया