आउँदो वर्षभित्र कोरोना माहामारीको अन्त्य वर्ष हुनुपर्छ : डब्ल्यूएचओ

admin

एजेन्सी, ६ पुस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले (हिजो) सोमबार विश्वलाई आउँदो वर्षभित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ ।

‘वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, हामी सबै सामान्य परिवेशमा फर्कन चाहन्छौँ’, डब्ल्यूएचओले भन्यो, ‘हामीले अब आफूलाई जोगाउन आवश्यक छ । अहिले भिडभाड गरेर रमाइलो मनाएर पछि शोक गर्नुभन्दा अहिले नै कार्यक्रम रद्द गरेर ढिलो मनाउनु राम्रो हो ।’

यस्तै संयुक्त राष्ट्र सङ्घ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘’२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ । कोरोना भाइरसको नयाँ स्वरूप ‘ओमिक्रोन’ भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा फेला परेदेखि यो दर्जनौँ देशमा फेला परेको छ ।

नयाँ भेरियन्ट डेल्टा भेरियन्ट भन्दा बढी गम्भीर छैन तर सम्भवतः बढी संक्रामक र प्रतिरोधात्मक भने अवश्य छ । खोपको पहुँचमा असमानताको बारेमा डब्ल्यूएचओले टिप्पणी गरेको छ, ‘यदि हामीले आउँदो वर्षमा महामारीको अन्त्य गर्ने हो भने हामीले अहिले नै असमानता अन्त्य गर्नुपर्छ ।’

प्रतिक्रिया