एमसीसी ‘विष’ हो, खारेज गर्नुपर्छ : प्रेम सुवाल

admin

काठमाडौं, ६ पुस : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बिभिन्न अध्यादेश अस्वीकार गरियोस भन्ने प्रस्ताव राख्ने क्रममा सुवालले एमसीसी अमेरिकी सहयोग नभई विष जस्तो भएको भन्दै कुनै हालतमा पनि संसदबाट पारित हुन नहुने बताउनुभएको हो ।

उहाले इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना स्वीकृत गर्न नसकिने जिकिर गर्नुभयो ।

त्यस्तै उहाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस नै नभएको अवस्थामा भारतका लागि प्रस्तावित नेपाली राजदूत शंकर शर्मा त्यसको समर्थन गरेको भन्दै फिर्ता बोलाउन माग पनि गर्नुभयो । सुवालले एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग पनि गर्नुभयो ।

 

प्रतिक्रिया