कर्णाली, ७ पुस : महिलालाई दुव्र्यवहार गरेको आरोपमा सुर्खेतमा प्र ह रीले धामी र पूजारीलाई प क्रा उ गरेको छ ।
महिलालाई दुव्र्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्र ह रीले उनीहरुलाई प क्रा उ गरेको हो ।
प क्रा उ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् ।
लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुव्र्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्र ह री निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।
“प क्रा उ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उहाँले भन्नुभयो ।
ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घ ट नामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्र ह रीले जनाएको छ । रासस