प्रतिनिधि सभा बैठक : ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउँदै आज पनि एमालेको अवरोध

admin

काठमाडौं, ७ पुस : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नारा लगाउँदै (आज) बुधबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवरोध गर्ने कामलाई निरन्तरता दिएको हो ।

सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक-पटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षड्यन्त्रमा लागेका भन्दै संसद बैठकमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया