आज शेयर बजार हरियालीसँगै कारोबार रकममा पनि सुधार

admin

काठमाडौं, ७ पुस : शेयर बजार परिसूचक नेप्से (आज) बुधबार उच्च अङ्कले बढेको छ । (हिजो) मंगलबार ५७ अङ्कले बढेको नेप्से बुधबार ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । बुधार दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।

नेप्सेसँगै कारोबार रकम र संख्यामा पनि सुधार आएको छ । मंगलबार कारोबार रकम साढे दुई अर्ब रुपैयाँ पनि पुगेको थिएन । बुधबार ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बुधबार अरुण भ्याली हाइड्रो, वरुण हाइड्रो, माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट र स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया