सरकारले अब एमालेलाई दण्डित गर्न मात्रै बाँकी छ : डा. भट्टराई

admin

काठमाडौं, ७ पुस : जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकि रहेको टिप्पणी गरेका छन् ।

(आज) बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा अवरोध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् ।

उनले एमालेले अब पनि संसद् बैठक चल्न नदिए नागरिक आफैँले दण्डित गर्ने दाबीसमेत गरे । अध्यक्ष भट्टराईले महिनौँसम्म संसदमा अवरोध गरेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गरे ।

गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाण नै संसदमा अवरोध गरिरहनु रहेको उनको भनाइ थियो । अध्यक्ष भट्टराईले संसदमा असहमति राख्ने भनेको बैठक अवरोध गरेर नभइ त्यहीभित्र तर्करवितर्क गर्ने रहेको बताए ।

प्रतिक्रिया