राजेन्द्र लिङ्देनसँग मिलेर राप्रपामा जाने कुरा अफवाह मात्र हो : केशर बहादुर विष्ट

admin

काठमाडौं, ७ पुस : राष्ट्रिय शक्ति नेपालको केन्द्रीय पदाधिकारी र केन्द्रीय अभियन्ताहरुको बैठक केन्द्रीय कार्यालय लैनचौरमा सम्पन्न भएको छ ।

केन्द्रीय अध्यक्ष केशर बहादुर विष्टको अध्यक्षतामा (आज) बुधबार बसेको उक्त बैठकमा राष्ट्रिय शक्ति नेपाल पार्टी नभएर अभियान मात्र भएको विष्टले बताएका छन् । सामजिक संजालमा आए जस्तो राजेन्द्र लिङ्देनसँग मिलेर राप्रपामा जाने कुरामा कुनै सत्यता नभएको र सुनियोजित तरिकाले उक्त अफवाह फैलाइएको समेत विष्टले बताए ।

राष्ट्रिय शक्ति नेपाल हाल संगठन विस्तार र संगठनलाई थप सशक्त बनाउने काममा केन्द्रित रहेको र कुनै पनि पार्टीमा आवद्ध भएर चुनाव लड्ने आफ्नो एजेण्डा नरहेको उनले स्पष्ट पारेका छन् । गणतन्त्र, संघीयता र धर्म निरपक्षता खारेजी नै राष्ट्रिय शक्ति नेपालको मूल मुद्दा रहेको समेत उनले बताए ।

प्रतिक्रिया