आज सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ पुस : (आज) बिहीबार सुनको मूल्य सात सय रुपैयाँले बढेको छ । बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तोलामा सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ थियो । यसैगरी चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १२ सय ४५ रुपैयाँ रहेको चाँदी बिहीबार १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया