तुलसीपुर, ८ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै युवा राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।
तुलसीपुरमा आज भएको आमसभामा उहाँले अहिलेको भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन युवा सक्रिय भएर लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
अहिलेको निर्वाचन प्रणाली पनि निकै खर्चिलो भएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । “संसद्को चुनाव लड्नुपर्दा हामी जस्ता केही मान्छे झुक्किएर आएका छौँ ।
गरिबको छोरासँग जस्तोसुकै देश बनउने योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “करोडौँ खर्च गर्नुपर्ने अवस्था छ ।”