सामान्य घट्यो आज सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ पुस : (आज) शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । बिहीबार तोलामा सात सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार दुई सय रुपैयाँले घटेको हो ।

शुक्रबार सुन तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत शुक्रबार तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य भने घटबढ भएको छैन । बिहीबार जस्तै शुक्रबार चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया