प्रारम्भिक अध्ययन अनुसार ‘ओमिक्रोन’ भेरियन्ट कम घातक

admin

एजेन्सी, ९ पुस : कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । संक्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा देखिएको हो ।

प्रारम्भिक नतिजाले अन्य भेरियन्टले संक्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट संक्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।

‘ओमिक्रोन’ संक्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो संक्रमित गर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानिनले यो एउटा सुखद समाचार भएको बताएका छन् ।

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ‘ओमिक्रोन’को लहर कम खतराको भएको देखाएको छ । ‘ओमिक्रोन’ कम घातक हुनुका कारण यसको बनोट र खोप वा संक्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । तर स्वास्थ्यका मापदण्ड पालनामा लापर्बाही गर्न नहुनेमा विज्ञले जोड दिएका छन् ।

प्रतिक्रिया