बङ्गलादेशको ‘फेरी’मा आगलागी, ३० जनाको ज्यान गयो

admin

एजेन्सी, ९ पुस : बङ्गलादेशको फेरीमा आगलागी हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो ।

स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ ।

फेरीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन । स्थानीय पत्रकारका अनुसार ज्यान जोगाउन केही यात्रु फेरीबाट नदीमा हाम फालेका थिए । फेरीमा क्षमता भन्दा धेरै यात्रु रहेको आशङ्का गरिएको छ।

प्रतिक्रिया