संघीय निजामती ऐनलाई अघि बढाउन सरकार तयार छ : मन्त्री श्रेष्ठ

admin

काठमाडौं, ९ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताएका छन् ।

शुक्रबार ललितपुरस्थीत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रशासनिक क्षेत्रमा संघीयताको कार्यानवयन र कर्मचारीको विकासका लागि निजामती ऐनलाई यथासिघ्र अघि बढाउन सरकार तयार रहेको बताएका हुन् ।

उनले ऐन संघीयता र कर्मचारी मैत्री हुने दावी गरे । विभिन्न कारणले निजामती ऐन यसअघि सदनबाट फिर्ता आएको भन्दै उनले सवै राजनीतिक दलहरु एक भएर यसलाई पारित गर्नुपर्ने बताए । उनले अझै पनि प्राविधिक पदहरुमा ५० प्रतिशत भन्दा पनि कम कर्मचारी रहेको भन्दै कर्मचारी अभावको समस्यालाई पनि समाधान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले नेपालको सार्वजनिक खरिद व्यवस्थापन प्रकृया र करार सम्झौता, प्रशासन क्षेत्रमा देखिएका चूनौति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया