सरकारी निवासमै मृत भेटिए एसएसपी यादव

admin

रुपन्देही, ९ पुस : सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिएका छन् । एसएसपी यादव (आज) शुक्रबार बिहान आफ्नै सरकारी निवासभित्र मृत भेटिएको प्रहरीले जनाएको छ ।

एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहेका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए । उनको मृत्युबारे भने अहिलेसम्म कारण खुलेको छैन् । मृत्युको कारणबारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया