प्रचण्डद्वारा राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन प्रस्तुत

admin

काठमाडौं, ९ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पार्टी स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका छन् ।

(आज) शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आउँदो पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यही सम्मेलनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन प्रचण्डले शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

त्यो प्रतिवेदनमाथि छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता महराले बताए । बैठकले नेकपा (मसाल) सँग विद्रोह गरी बनेको नेकपा मसाल माओवादी केन्द्र र प्रभात चलाउने नेतृत्वको नेकपाको सिङ्गो टिमसँग पार्टीमा एकीकरण गर्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया