देशभर पाँच हजार ४८ सक्रिय संक्रमित, पूर्ण मात्रा खोप लगाउनेको संख्या ९९ लाख २७ हजार नाघ्यो

admin

काठमाडौं, ९ पुस : (आज) शुक्रबार थप दुई सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

योसहित कोरोनामुक्त हुनेको संख्या आठ लाख १० हजार दुई सय ७१ पुगेको छ । बितेको २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच बितेको २४ घण्टामा थप एक जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित पाँच हजार ४८ जना रहेका छन् । यसैबीच बितेको २४ घण्टामा तीन लाख २९ हजार तीन सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको संख्या ९९ लाख २७ हजार एक सय २३ जना र कम्तीमा एक मात्रा खोप लगाउनेको संख्या एक करोड २९ लाख १३ हजार ६६ पुगेको छ ।

नेपालमा अहिलेसम्म तीन करोड ८५ लाख ३९ हजार तीन सय ६७ मात्रा कोरोनाविरुद्धको खोप प्राप्त भएकोमा दुई करोड २८ लाख ४० हजार एक सय ८९ मात्रा खोप प्रयोग भइसकेको छ ।

प्रतिक्रिया