थप १६७ जनामा कोरोना पुष्टि

admin

काठमाडौं, १० पुस : मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४ हजार २८३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५७ जना र २ हजार १६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार १८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भए, १ को मृ त्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १० हजार ४९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४४७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख १४ हजार ६३५ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८३ पुगेको छ ।

 

प्रतिक्रिया