काठमाडौं, १० पुस : नेकपा (एमाले) का नेता भीम रावलले एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताउनुभएको छ ।
नेपाल चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताउनुभएको हो ।
अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उहाको भनाई छ ।
उहाले आफुले एमसीसीबारे सवै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिनुभयो ।
पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उहाले आरोप लगाउनुभयो ।
उहाले तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसंग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताउनुभयो ।
रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्त बिपरित रहेको तर्क गर्नुभयो ।