म्यानमारमा ३० भन्दा धेरै शव जलेको अवस्थामा फेला

admin

एजेन्सी, ११ पुस : म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गो’ली हानी उनीहरुको ह’त्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप छ । म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता सेनाको नागरिकस्तरबाट विरोध हुँदै आएको छ ।

प्रतिक्रिया