ग्रीसको सामुद्रिक टापुमा डुङ्गा डुब्दा १६ जनाको ज्यान गयो

admin

एजेन्सी, ११ पुस : ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ ।

मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए । एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो ।

तर, सन् २०१५ देखि शरणार्थीहरुले यो मार्गको प्रयोग गर्न छाडेका थिए । गत बिहीबार र बुधबार पनि डुङ्गा डुबेका थिए । सन् २०२१ मा ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको जनाएको छ ।

प्रतिक्रिया