काठमाडौं, १२ पुस : साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन् ।
अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाडौं अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।
उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडियो राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ । पक्राउ परेका मल्ललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।