एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि विजेता नेपाली टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

admin

काठमाडौं, १३ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि विजेता खेलाडीहरुलाई बधाई दिएका छन्।

बंगलादेशमा मंगलबार उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको हो। देउवाले फेसबुकमार्फत विजेता टोलीलाई बधाई दिएका हुन्।

उज्बेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो।

प्रतिक्रिया