आज ६ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १६ पुस : शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको मूल्य बढेर तोलामा ९२ हजार सात रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुनको शुक्रबारको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ छ जुन बिहीबार प्रतितोला ९१ हजार ६०० रुपैयाँ थियो । यसैगरी शुक्रबार चाँदीको पनि मूल्य बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया