फ्रेन्ड्समाथि एनआरटीको जित

admin

काठमाडौं, १६ पुस : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । .

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–२ गोल अन्तरले हराएको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले दुई गोल गरे । यस्तै स्टेभेन समिरले एक गोल थपे ।

फ्रेन्ड्सका जमोउल एन्थोनी र नाथनियल गार्सियाले एक एक गोल फर्काए । जितसँगै एनआरटीले ७ खेलमा १० अंक जोडेको छ । फ्रेन्ड्सले ७ खेलमा ३ अंक जोडेको छ ।

त्यसअघि शुक्रबार भएको पहिलो खेलमा आर्मी अर्को विभागीय टोली एपीएफसँग १–१ गोलको बराबरीमा रोकियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिएको हो ।

विभागीय डर्बीको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६३ औं मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६७ औं मिनेटमा बिकी तामाङले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै आर्मीले ७ खेलमा ११ अंक जोडेको छ । एपीएफले ७ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया