हप्ताको पहिलो दिन सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १८ पुस : हप्ताको पहिलो दिन (आज) आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला सात सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया