एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द

admin

काठमाडौं, १८ पुस : कोरोना भाइरस र खराब मौसमका कारण एकैदिन विश्वभर ४ हजार ४ सय उडान रद्द भएका छन् । (हिजो) शनिबार विश्वभर रद्द गरिएका उडानमा २ हजार ५ सयभन्दा धेरै अमेरिकामा रहेको एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाएको छ ।

वायुसेवाका धेरै कर्मचारी कोभिड संक्रमितको सम्पर्कमा आएका कारण क्वरेण्टीनमा छन् । (आज) आइतबार धेरैजसो मानिस क्रिसमसको बिदा सकेर घर फर्कँदै थिए । उनीहरुको यात्रा प्रभावित भएको छ । डिसेम्बर २४ यता अमेरिकामा मात्रै १२ हजार उडान रद्द भएका छन् ।

प्रतिक्रिया