कांग्रेसद्वारा केन्द्रीय कार्यसमिति बैठक आह्वान

admin

काठमाडौं, १८ पुस : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले (भोलि) सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।

मनोनयनसँगै कांग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ । विधानमा कांग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ भने बाँकी संख्या मनोनयन हुन बाँकी छ ।

प्रतिक्रिया