राजेश पायलमाथि हातपात गर्ने शेर्पाले रक्सी राखेर माफी मागे

admin

काठमाडौं, १९ पुस : अमेरिकामा गायक राजेशपायल राईमाथि दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन । उनले शेर्पा संस्कृतिअनुसार रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् ।

राजेशले पनि पासाङले गल्ती स्वीकार गरेको भन्दै माफी दिएको बताएका छन् । ‘मानिस हो मानिसबाटै गल्ती हुन्छ, गल्ती स्विकार्नु पनि महानता हो । र, उहाँ थोरै बिरामी हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ उनले फेसबुकमा लेखेका छन् ।

साथै, राजेशले आगामी दिनमा दावा शेर्पालाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् । शनिबार अमेरिकामा नयाँ वर्ष २०२२ को स्वागत कार्यक्रममा गीत गाइरहेका बेला राईमाथि शेर्पाले हातपातको प्रयास गरेका थिए । राजेशलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल पनि भएको थियो ।

प्रतिक्रिया