अपहरणमा परेको ३० वर्षपछि बनाएको नक्साले चिनियाँ व्यक्तिको आमासँग भेट

admin

एजेन्सी, १९ पुस : अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् ।

ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए । डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडियो एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघाएको बीबीसीले जनाएको छ ।

‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् । उनले लेखेका छन्, ‘३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’

आमासँग पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् । ली युनान प्रान्तको एउटा दक्षिण-पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बेचिएका थिए ।

प्रतिक्रिया