श्रीमतीको ह’त्या आरोपमा श्रीमान् पक्राउ

admin

रुकुम, १९ पुस : रुकुम पूर्वमा श्रीमतीको ह त्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । बाँफिकोट गाउँपलिका-९ की २६ वर्षकी कमला खनालको ह त्या आरोपमा उनका श्रीमान दिपक खनाल भन्ने (दलजित खनाल) पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अनुसन्धानका क्रममा दलजितले घाँटी थिचेर श्रीमतीको ह त्या गरेको खुल्न आएको बताएका छन् । खनालले र क्सी खाएर श्रीमतीको ह त्या गरी सलले झु ण्याइ दिएको बयान दिएका प्रहरी निरीक्षक शर्माले बताए ।

गत शुक्रबार राति आफ्नै कोठामा झु ण्डिएको अवस्थामा कमलाको श व फेला परेको थियो । जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया