आज नेप्से ३२ अङ्कले बढेर २६ सय विन्दु नाघ्यो

admin

काठमाडौं, १९ पुस : (हिजो) आइतबार ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से (आज) सोमबार ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

सोमबार उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले, निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

यस्तै सोमबार दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् र नेपाल बङ्गलादेश बैंकको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।

प्रतिक्रिया