थप तीन सय २६ जनामा संक्रमण पुष्टि, तीन लाख ४४ हजार भन्दा धेरैले खोप लगाए

admin

काठमाडौं, १९ पुस : नेपालमा (आज) सोमबार तीन सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय ९८ जनाको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १२ हजार ६ सय ७४ पुगेको छ । अहिले नेपालमा पाँच हजार पाँच जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यही अवधिमा थप दुई जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार पाँच सय ९८ पुगेको छ । यसैबीच बितेको २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

योसहित नेपालमा एक करोड पाँच लाख ९७ हजार सात सय ९७ जनाले पूर्ण मात्रा र एक करोड ४३ लाख ६० हजार ६ सय ८३ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया