एमाले र एकीकृत समाजवादीले टुङ्गो लगायो राष्ट्रिय सभाका उम्मेदवारको नाम (सूचीसहित)

admin

काठमाडौं, १९ पुस : नेकपा एमाले र एकीकृत समाजवादीले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । एमालेले (आज) सोमबार सातै प्रदेशका क्लस्टर अनुसार १९ उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

(हिजो) आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई सोमबार टुङ्गो लगाएको एमालेले जनाएको छ । एमालेले राष्ट्रियसभामा यसअघि सांसद रहेकालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको छ ।

यस्तो छ एमाले सातै प्रदेशका उम्मेदवारको नाम :–
प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)

महिलाः सुमित्रा भण्डारी (झापा)

अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)

महिलाः बिना साह (रौतहट)

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)

महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)

महिलाः लीला पोखरेल थनेत (नवलपुर)

दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)

महिलाः भारती खनाल (बाँके)

दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)

महिलाः गंगा थापा महत (जुम्ला)

अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)

महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)

दलितः नरेश बिक (बैतडी)

यस्तै, एकीकृत समाजवादी पार्टी प्रवक्ता जगननाथ खतिवडाले पाँच जनाको नाम टुंगो लागेको बताए । नेकपा एसको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । १२ माघमा हुने १९ सिटको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एसले सत्ता गठबन्धनमा ५ सिट पाएको थियो ।

नेकपा एसका उम्मेदवार
प्रदेश १
जयन्ती राई

बागमती प्रदेश
गोमा तिमल्सिना

लुम्बिनी प्रदेश
राजेन्द्रलक्ष्मी गैरे

कर्णाली प्रदेश
उदयबहादुर बोहरा

सुदूरपश्चिम प्रदेश
गरिमा शाह

रिक्त रहेको पदपूर्तिका लागि निर्वाचन आयोगले माघ १२ गते राष्ट्रिय सभा चुनाव गर्दैछ ।

प्रतिक्रिया