माओवादी केन्द्रको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

admin

काठमाडौं, १९ पुस : नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निर्विरोध निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

प्रतिक्रिया