‘पिर्के सलामी’ लिएकी मन्त्री झाक्रीले सर्वत्र आलोचनापछि खोलिन् मुख

admin

काठमाडौं, २० पुस : शहरी विकास मन्त्री राम कुमारी झाक्रीको सचिवालयले सलामी लिनु आलोचनाको विषय नभएको प्रतिक्रिया दिएको छ ।

कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया भएकाले सलामी लिनु आलोचनाको विषय नभएको सचिवालयले जनाएको हो ।

झाक्रीको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी कार्यालयले आफ्नो परिसरभित्र आएका विशिष्ट व्यक्तिहरुलाई सम्मान दिनु आफ्नो कर्तव्य ठान्ने भएकाले सलामी सामान्य भएको प्रतिक्रिया दिएको छ ।

‘यो सलामीको तस्बिरले हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियो । तर यो कुनै आलोचना विषय भने हैन’, सचिवालयले भनेको छ ।

पाँच दिनदेखि मन्त्री झाक्री गृह जिल्ला गुल्मीकाे विभिन्न कार्यक्रममा सहभागी भइरहेकी छिन् । सोही अन्तर्गत मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको इलाका प्रहरी कार्यलयको अनुगमनको क्रममा मन्त्री झाक्रीले सलामी लिएकी थिइन् । उक्त तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा झाक्रीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया