यस्तो रहनेछ आज दिनभरको मौसम

admin

काठमाडौं, २० पुस : पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल मुलुकको केही स्थानमा मौसम बदली रहे पनि अधिकांश भूभागमा सामान्यतया सफा रहेको छ ।

तर तराईका धेरैजसो भू(भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा हुस्सु तथा कुहिरो लागेको हो । यससँगै चिसो बढ्ने र तराईका जिल्लामा शीतलहर चलेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज दिउँसो सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको समेत रहेको छ ।

प्रतिक्रिया