माओवादीबाट यी पाँच जना बने राष्ट्रिय सभा सदस्यका उम्मेदवार (नामसहित)

admin

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुङ्गो लगाएको छ ।

(हिजो) सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवार टुङ्गो लगाउन जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको थियो । सत्ता गठबन्धन दलसँग भएको सहमतिअनुसार माओवादी केन्द्रले पाँच जना उम्मेदवार छनोट गरेको छ ।

माओवादी केन्द्रले प्रदेश-२ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपाङ्गता भएकातर्फ सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।

निर्वाचन आयोगले (आज) मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ । राष्ट्रिय सभा सदस्य चुनाव आउँदो माघ १२ मा हुनेछ । चुनावका लागि आयोगले यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकेको छ ।

प्रतिक्रिया